PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संसदको बिजनेसबारे कानुन मन्त्री र सचिवकै फरक राय



रमेश वाग्ले

संसदको बिजनेसबारे कानुन मन्त्री र सचिवकै फरक राय

काठमाडौँ : कानुन मन्त्री अग्नि खरेलले संसदको असार २९ गतेको कार्यसूचीमा रहेको बिजनेस भोलिको बैठकबाट अगाडि बढ्ने बताएका छन्।
उनले त्यसपछिमात्र संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल प्रारम्भ हुने तर्क गरे।
 
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खरेलले भने – ‘असार २९ गतेको कार्यसूचीमा रहेको बिजनेस हराउन पाउँदैन। संसदमा अर्को पनि बिजनेस आएको छ, अविश्वासको प्रस्ताव। भोलिको बैठकमा पहिला सरकारको काम कारवाहीको बिजनेस अगाडि बढ्छ, त्यसपछि मात्रै अविश्वासको प्रस्तावको काम कारवाही अगाडि बढ्छ।‘

उनले सरकारले गत असार २९ गतेका लागि दिएको बिजनेस हराएको प्रति आपत्ति प्रकट गरे।  ‘संसदीय व्यवस्थामा संसदलाई बिजनेस दिने सरकारले हो। बिजनेस सकिएपछि संसदको अधिवेशन अन्त्य पनि सरकारले गर्ने हो’, खरेलको तर्क थियो।

उनले संसदबाट अविश्वास प्रस्ताव पारित नहुनेमा विश्वस्त रहेको बताए।

अविश्वासको प्रस्ताव पारितपछिको अवस्थाका विषयमा सोधिएको प्रश्नमा भने खरेलले सिधा जवाफ दिएनन्। ‘पारित भयो भने सरकारको कदमहरु के हुन्छ म त्यसपछि मात्रै भन्छु,’ उनले भने।

पत्रकार सम्मेलनमा कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले संसदमा कुन विधेयक अगाडि बढाउने कुन नबढाउने भन्ने विषय संसदको क्षेत्राधिकार भएको बताए।

कानुन मन्त्रीसँग बसेका ढुङ्गानाले भने – ‘संसदमा कुन विधेयक राख्‍ने कुन नराख्ने भन्ने त्यो संसदको विषेशाधिकारको कुरा हो। संसदभित्र छलफल हुने कुरा कानुन मन्त्रालय वा अरु कसैले टिप्पणी गर्ने विषय होइन।‘

फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell