PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

डा. गोविन्द केसीको समर्थनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ



स्वेच्छा राउत

डा. गोविन्द केसीको समर्थनमा उत्रिएका १२ जना बालुवाटारबाट पक्राउ

काठमाडौं : स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको मागसहित आमरण अनसनमा डाक्टर गोविन्द केसीको समर्थनमा निस्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
केसी अनसनको १०औं दिन आज डाक्टर र विद्यार्थीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका थिए।
 
केसीको मागप्रति सरकारले बेवास्तार रहेको र तत्काल सम्बोधनको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।
 
त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि नाराजुलुस सहित पुगेका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
 
पक्राउ पर्नेहरुमा डा. बद्री अर्याल, सागर पोखरेल, गोविन्द भन्डारी र विद्यार्थीहरु उपेन्द्र अधिकारी, यज्ञराज अधिकारी, विषद दाहाल लगायत रहेका छन्। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell