PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​बिहीबार अविश्वासको प्रस्ताव सदनमा पेश गर्न नदिने एमाले तयारी



पहिलोपोस्ट

​बिहीबार अविश्वासको प्रस्ताव सदनमा पेश गर्न नदिने एमाले तयारी

काठमाडौँ : सभामुख ओनसरी घर्तीले बजेटका आश्रित विधेयक संसदमा टेबल नगरी अविश्वासको प्रस्ताव अगाडि बढाउन लागेकोमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले विरोध गर्ने भएको छ। 

एमालेले आउँदो ६ गते सदनमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव पेश गर्न नदिने गरी सदनमा प्रस्तुत हुने तयारी गरेको हो। 

एमालेका एक नेताले पहिलोपोस्टसितको कुराकानीमा भने – ‘६ गते नै सदनमा अविश्वासको प्रस्ताव पेश हुन्छ भन्ने छैन। बजेट असार मसान्तसम्म पास गर्नुपर्ने संवैधानिक व्यवस्था सभामुखले मिचेकी छिन्। त्यसमा जवाफ पहिला दिनुपर्छ।‘

सभामुखले अविश्वासको प्रस्तावअघि सदनमा अन्य बिजनेस अगाडि नबढाउने निर्णय गर्नुअघि तय भइसकेको कार्यसूचीमा सदन अगाडि बढाउन सत्तारुढ एमाले र राप्रपा नेपालले माग गरेका थिए। उनीहरुले सरकारले दिएको बिजनेसमा हाउस अगाडि नबढेकोमा विरोध जनाउँदै आएका छन्। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा समेत बजेटका आश्रित विधेयक अगाडि बढ्न नदिइएको विषयमा सभामुखसँग कुराकानी गर्ने बताएका थिए। 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले भन्ने पार्टी पनि भएको देखाउन सांसदहरुलाई निर्देशन दिएका थिए। 

सभामुखले सदन बैठकका प्रक्रिया अगाडि नबढाई ६ गते अविश्वासको प्रस्तावमा छलफल गर्ने सूचना प्रकाशित गरेकी थिइन्। लगत्तै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै – ‘कन्फ्रन्टेसनको रहर लागे हामी तयार छौँ’ भन्दै चुनौती दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell