PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​डा. गोविन्द केसीविरुद्ध प्रदर्शनमा नायिका श्वेता खड्का

​डा. गोविन्द केसीविरुद्ध प्रदर्शनमा नायिका श्वेता खड्का

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आइतबार निजी मेडिकल कलेज सञ्चालकले राजधानीमा प्रर्दशन गरे। प्रदर्शनको घोषित उद्देश्य मेडिकल कलेजलाई व्यवस्थित बनाउनु थियो तर घुमाउरो शैलिमा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीविरुद्ध पनि थियो। 

शनिबार डा. केसीको समर्थनमा गरिएको र्यारली र प्रदर्शनको भोलिपल्टै प्रदर्शन गरेर दिइएको 'च्यालेन्ज' पनि थियो।

र्‍यालीमा कलेज सञ्चालक, डाक्टर, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति थियो। त्यही भिडमा कालो र फुलबुट्टे ड्रेसमा थिइन् एक युवती। उनी न त डाक्टर, न मेडिकल कलेज सञ्चालक, न त विद्यार्थी नै थिइन्। कालो चश्मा र हातमा आइफोन उभिएकी उनी थिइन् नायिका श्वेता खड्का। 

आखिर श्वेता किन उपस्थित भइन् त? 

पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, 'मलाई प्रदर्शनको उद्देश्य र माग मनपर्‍यो, त्यसैले आएकी हुँ। नेपालमा नै कलेज खोलेर डाक्टर बन्न चाहनेहरुलाई आफन्तबाट बिछोड हुन नदिनु के राम्रो होइन र?' उनले उल्टै प्रश्न तेर्स्याइन्। 

प्रदर्शनको उद्देश्य एउटा भए पनि घुमाउरो शैलीमा डाक्टर केसीको विरोध गर्नुपनि थियो। के उनी डा. केसीको विरोधमा छन्?

उनले भनिन्, 'पहिले म उहाँको मागको समर्थन गर्थे, तर अब अति भयो। उहाँका केही माग जायज भए पनि धेरै माग गलत छन्। मेडिकल कलेज बन्द गराउनु जायज होइन।'

उनले सुरुमा प्रदर्शनमा माग र नारा राम्रा लागेर आएको बताए पनि लगत्तै भनिन्, 'डाक्टर भोला रिजालले फोन गरेर आउनु भन्नुभयो, अनि आएकी हुँ। मेरा धेरै साथी डाक्टर छन्, त्यसैले उनीहरुको लागि पनि हो। 

श्वेता केही समय भृकुटीमण्डपमा बसिन्। र्यातलि बागबजार, सुन्धारा, थापाथली हुँदै माइतिघरतिर अघि बढ्यो, तर श्वेता सिधै आफ्नै कार्यालयतिर लागिन्।


ट्रेन्डिङ पोस्ट

Ncell