PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

के छ गुगलको ​एन्ड्रोइड वनमा ?



के छ गुगलको ​एन्ड्रोइड वनमा ?

अपार प्रमोद-
काठमाडौँ : १.३ गिगाहर्ज़ मिडियाटेक क्वाडकोर प्रोसेसर, १ जीबी र्‍याम, ४ जीबी आन्तरिक स्टोरेज, एन्ड्रोइड ४.४ किटक्याट र एल अपडेट ग्यारेन्टी, ५ मेगापिक्सेल क्यामेरा, जी-सेन्सर, प्रोक्सिमिटी सेन्सर, लाइट सेन्सर, इ-कम्पास, गाइरो सेन्सर आदि। यी सबै सुविधा एकै ठाउँ र त्यो पनि गुगलको सहकार्यमा सार्वजनिक हुने उपकरणमा आउने छन्। यति सुविधा भएका बजारका अन्य स्मार्टफोनहरुको मूल्य कति पर्ला? 

सरल र शक्तिशाली सुविधाहरूका साथ सार्वजनिक हुने एन्ड्रोइड वन यी सबै सुविधाहरुसाथ नेपालमा बिक्री सुरु हुने क्रममा छ। कार्बन, स्पाइस र माइक्रोम्याक्सले नेपालमा एन्ड्रोइड वनको बिक्री सुरु गर्दैछन्। यो एउटा नयाँ प्रकारको स्मार्टफोन हो।

यसको उत्पादन साधारण मोबाइल प्रयोगकर्तालाई स्मार्टफोनको परिचय गराउन लक्षित छ। त्यसैले यो मोबाइल ग्राफिक्स गेमप्रेमी माझ लोकप्रिय नहुन सक्छ।

मध्यम बजेटको फोन खोज्ने प्रयोगकर्ताहरुले यो स्मार्टफोन रुचाउने निश्चित छ। गुगलले स्थानीय उत्पादकहरुसँगको सहकार्यमा नेपाल लगायतका विकासशील राष्ट्रहरुमा एन्ड्रोइड वनको बिक्री गर्न लागेको हो। सुरुमा भारतपछि अब यो नेपाल र बंगलादेश लगायतका देशमा प्रवेश गर्दैछ।

के हो एन्ड्रोइड वन ?
गुगलको विकासशील रास्ट्र लक्षित स्मार्टफोन एन्ड्रोइड वन स्थानीय हार्डवेयर उत्पादकसँगको सहकार्यमा उत्पादन हुने हेन्डसेट हो। गुगलले विभिन्न ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओइम) सँग सहकार्य गरी उच्चस्तरीय र  सर्वसुलभ मोबाइल उत्पादन गर्ने पछिल्लो प्रयोगको नमुना हो एन्ड्रोइड वन।
 
किन एन्ड्रोइड वन ?
एन्ड्रोइड वन स्मार्टफोनहरु गुगलको आफ्नै उत्पादन नेक्ससकै सस्तो भर्जनको रुपमा लिने गरिन्छ। यी उत्पादनहरुमा गुगलको पछिल्लो अपरेटिङ सिस्टम ललिपप हुनेछ। आगामी दुई वर्षसम्म उसले सार्वजनिक गर्ने अपरेटिङ सिस्टमको नयाँ संस्करण सबैभन्दा पहिले स्वतः प्राप्त गर्नेछन्। उच्चस्तरीय  हार्डवेयरसहितको एन्ड्रोइड वनले एन्ड्रोइड अपरेटिङ सिस्टमको उच्चतम प्रयोग गर्छ र गुगलले आफ्नै छनोटको हार्डवेयर प्रयोग गर्छ।
 
नेपालमा कसले ल्याउँदैछ एन्ड्रोइड वन?
स्पष्ट रुपमा गुगलले भने नेपाललक्षित सार्वजनिकको मिति तय गरेको छैन। कार्बन, स्पाइस र माइक्रोम्याक्सले भारतमा एन्ड्रोइड वनको उत्पादन गर्छन्। स्पाइस र कार्बनले संयुक्तरुपमा विभिन्न दैनिकहरुमा एन्ड्रोइड वनको विज्ञापन गरिरहेका छन्।

मूल्य कति ?
अन्तर्रास्ट्रिय जगतमा सय डलरको हाराहारीमा एन्ड्रोइड वनको मूल्य रहने गरेको छ। नेपालमा भने यसको मूल्य मोडल हेरी मूल्य फरक हुनसक्ने छ। अहिले आधिकारिक रुपमा स्पाइस, कार्बनले बुकिंग खोलेका छैनन्।

हटडिल्स डटकमले ६२९९ देखि १२९९९ सम्म पर्ने एन्ड्रोइड वनका तीन संस्करण आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ। उसले माइक्रोम्याक्स क्यानभास ए वान, स्पाइस ड्रिम युएनओ र कार्बन स्पार्कल भी सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell