PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​यसरी मारिए 'चार्ली हेब्दो'का आक्रमणकारी



​यसरी मारिए 'चार्ली हेब्दो'का आक्रमणकारी

काठमाडौँ : जतिखेर काठमाडौँमा पत्रकारहरु ‘म पनि चार्ली हेब्दो’ लेखिएका ब्यानर बोक्दै फ्रान्सेली म्यागेजिनमा भएको आतंकवादी आक्रमणमा मारिएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न मैनबत्ती जलाउँदै थिए, फ्रान्समा अर्को आतंक मच्चिएको थियो। स्पेसल फोर्सका सयौँ जवानहरु दुई वटा बन्धक घटनाको सामना गर्दै थिए। राति अबेर टुङ्गिएको यो नाटकीय घटनाको विकास क्रम यस्तो थियो-

बिहीबार बिहान पौने नौ बजे : राजधानी पेरिस नजिकैको एउटा नगर मोन्ट्रोगमा हतियारविहीन एक महिला प्रहरी क्लारिसा ज्याँ फिलिपको हत्या भयो।

बिहान १०२५ : चार्ली हेब्दोमा आक्रमण गर्ने दुई जनाले भिलर्स कोट्टेरेट्सको सर्भिस सेन्टरबाट खाद्यान्न, पानी र इन्धन चोरे। उनीहरुले आफ्नो कार गाउँ नजिकै फाले र फोरेट डे रेट्ज नामको घना जंगलभित्र पसे। पेरिस सहरभन्दा बढी क्षेत्रफल ओगटेको जंगल थियो यो।

हिजो बिहान ८१० बजे : पुलिसले रातभरमा जंगलमा उनीहरुलाई पछ्याएपछि हत्यारा काउआची दाजुभाइले एक शिक्षिकाले चलाएको गाडी हाइज्याक गरे। उनीहरुले आफूलाई पछ्याइरहेको प्रहरीका गाडीहरुमाथि गोलीसमेत चलाए।
 
बिहान ८५० बजे : बन्दूकधारीहरुले चार्ल्स डे गल विमानस्थल नजिकैको एउटा भवनमा पसेर २६ वर्षका एक पुरुषलाई बन्धक बनाए। सशस्त्र प्रहरीले भवनलाई चारैतिरबाट घेर्‍यो। त्यहाँका स्थानीय बासिन्दाहरुलाई घरबाट बाहिर ननिस्कन भन्यो। हत्यारा दाजुभाइले आफूहरु सहिदका रुपमा मर्न चाहेको घोषणा गरे।
 
मध्याह्न १२२६ बजे : पेरिसनजिकैको पोर्ट डे भिन्सेनेजस्थित एउटा यहुदी सुपरमार्केटमा बन्दूकधारीले १० जनालाई बन्धक बनाए। अमेदी काउलीबालीले प्रहरीलाई तिमीहरुलाई थाहा छ म को हुँ भनेका थिए। महिला प्रहरीलाई हत्या गर्ने उनै भएको शंका गरियो।

दिउँसो २३० बजे : सुपरमार्केटमा बन्धक बनाउनेले उता चार्ली हेब्दोमा गोली हान्नेहरु रहेको भवनमा प्रहरी पसे यता सबै बन्धकलाई मार्ने धम्की दिए।

दिउँसो ३५५ बजे : विमानस्थलनजिकैको भवनमा प्रहरी भित्र पसेसँगै गोली चलेको र ग्रिनेड पड्किएको आवाज आउँछ।

दिउँसो ४११ बजे : सपरमार्केटमा होल्डरमा राम्रोसँग नराखिएको टेलिफोनबाट प्रहरीले त्यहाँभित्रको आवाज सुन्न सफल हुन्छ। जब बन्धक बनाउनेले प्रार्थना गर्न थालेको आवाज सुनिन्छ, प्रहरी सुपरमार्केट भित्र पसी आक्रमण गर्छ।

दिउँसो ४१८ : प्रहरीले विमानस्थल नजिकैको भवनमा काउआची दाजुभाइ मारिएको र बन्धकलाई जिउँदै उद्दार गरिएको पुष्टि गर्छ।

दिउँसो ४३६ : प्रहरीले काउलीबाली र चार बन्धकहरु मारिएको बताउँछ। केही भने कोल्ड स्टोरेजमा लुकेर बच्न सफल हुन्छन्।

दिउँसो ५५४ : काउलीबेलीकी एक केटी साथी हयाट बाउमेड्डिएने पनि हतियारसहित त्यहीँभित्र रहेको तर भाग्न सफल भएको अपुष्ट खबर आउँछ। कसैकसैले भने अर्को एक जना पुरुष बन्दूकधारी पनि त्यहाँ रहेको तर भाग्न सफल भएको दावी गर्छ। प्रहरीले भने यसबारे कुनै पुष्टि गर्दैन।  (स्रोतः डेली मेल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell