PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पोखराको सराङकोटमा भदौदेखि केबलकार बनाउन सुरु गरिने, १८ महिनामा तयार पार्ने लक्ष्य



उमेश पौडेल

पोखराको सराङकोटमा भदौदेखि केबलकार बनाउन सुरु गरिने, १८ महिनामा तयार पार्ने लक्ष्य

काठमाडौं : पर्यटकीय नगरी पोखराको सराङकोटमा केबलकार बन्ने भएको छ। अन्नपूर्ण केबलकार प्रालिले पर्यटकीय गन्तब्य सराङकोटलार्इ लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो।

टाकासी मियाहराको लगानीमा केबलकार बन्न लागेको हो। मियाहरा पहिले जापानी नागरिक भए पनि हाल उनी नेपाली नागरिक हुन्।  

मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक पनि हुन्। उनले सराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन्।

सराङकोट अहिले सूर्योदय हेर्ने र प्याराग्लाइडिङ उड्ने टप स्टेसनका रुपमा प्रख्यात छ। 

स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कूल ६० करोड रुपैयाँ कूल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो।   भदौबाट केबलकार निर्माणको थालनी हुने र सुरु भएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

केबलकार निर्माणको सबै काम चितवन कोर्इले पाएको स्रोतले बतायो। चितवन कोर्इले परियोजनाको इन्जिनियरिङ, प्लानिङ  र  कन्स्ट्रक्सन(इपिसी)का लागि ४२ करोड रुपैयाँमा ठेक्का दिने टुंगोमा पुगेको उच्च स्रोतले बतायो।

केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत भइसकेको छ।  स्रोतका अनुसार केबलकार निर्माणका लागि आवश्यक वित्तीय स्रोतको टुंगो समेत लागिसकेको छ।

यो केबलकार लागि आवश्यक पर्ने गोन्डोला भने निपोन केबल कम्पनीबाट आपूर्ति हुनेछ। नेपालमा संचालनमा रहेको मनकामना र निर्माण सकेर परीक्षण भइरहेको चन्द्रागिरी केबलकारमा अष्ट्रियन कम्पनी डोपलमेयरको गोन्डोला प्रयोग भएको छ।

निपोन जापानको यातायातका साधन उत्पादन गर्ने कम्पनी हो।   दैनिक १३ सयजना यात्रीलाई सेवा दिनेगरी निर्माण गर्न लागिएको बर्षभरी तीनसय ३० दिन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको पोखरामा केवलकार सञ्चालन गर्नेबारे पटकपटक छलफल भएको थियो। दुई सिफ्टमा सञ्चालन हुन लागेको यो केवलकारको लागि ५२५ केभिए विद्युत चाहिने कम्पनीले जनाएको छ।  

अन्नपूर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन वर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो। शतप्रतिशत नेपाली लगानी रहेको यो केवलकारमा ५५ जनाले रोजगारी पाउनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell