PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​पूर्वराष्ट्रपति यादवले भने- 'संविधान कार्यान्वयनमा हिमाल, पहाड, तराईलाई समेटौं'



रासस

​पूर्वराष्ट्रपति यादवले भने- 'संविधान कार्यान्वयनमा हिमाल, पहाड, तराईलाई समेटौं'

काठमाडौँ : पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
 
तारकेश्वरन्युज डटकमले आज आयोजना गरेको तारकेश्वर नगरपालिकामा रहेका कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएकाले कार्यान्वयनका लागि प्रमुख दलबीच एकता आवश्यक रहेको बताए।

'सबैलाई समेट्ने खालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट आएको छ,' उनले भने, 'संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरु एकजुट भएर लाग्नुपर्छ।' डा. यादवले संविधान कार्यान्वयन गर्दा हिमाल, पहाड र तराईलाई समेट्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले तारकेश्वर नगरपालिकाका माविबाट प्रवेशिका परीक्षामा सम्मिलित भई उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell