PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा, इयुबाट बाहिरियो बेलायत



पहिलोपोस्ट

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा, इयुबाट बाहिरियो बेलायत

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामाको घोषणा गरेका छन्। 

युरोपियन युनियनबाट बेलायत छुट्टिने पक्षमा जनतम संग्रहमा ५२ प्रतिशत मत आएपछि क्यामरुनको राजीनामाको घोषणा आएको हो। 
उनले एक स्टेटमेन्ट जारी गर्दै तीन महिनामा पद छाड्ने बताएका छन्। 

क्यामरुनले मत परिणाम घोषणा भएलगत्तै डाउनिङ स्ट्रिटबाट आफूले पद छाड्ने घोषणा गरेका हुन्। 

उनले आफ्नो जहाज अब ढिलो गतिमा चलाउने बताउँदै यसबीच नयाँ र फ्रेस नेतृत्व आउने अपेक्षा रहेको बताएका छन्। 

प्रधानमन्त्री क्यामरुनले जनमत संग्रहअघि युरोपेली युनियनमा रहिरहने पक्षमा मतदानका लागि आग्रह गरेका थिए। उनले आर्थिक रुपमा आउन सक्ने समस्या र सुरक्षा समस्या आउनसक्ने बताएका थिए। बेलायतका ४८ प्रतिशत मतदाताले युरोपियन युनियनको पक्षमा रहने मतदान गरेका थिए। 

लण्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका बासिन्दाले युरोपियन युनियनमै रहने पक्षमा मतदान गरेका थिए भने वेल्स पूर्वीय र मध्य इङ्गल्याण्डका वासिन्दाले भने छुट्टिने पक्षमा मतदान गरेका थिए। 

बेलायती प्रधानमन्त्री क्यामरुनले जनमत संग्रहको मत परिणामको घोषणापछि बेलायती जनताले छुट्टिने पक्षमा मतदान गरेकाले उनीहरुको सम्मान हुनुपर्ने बताएका छन्। 

'बेलायती जनताको इच्छा र निर्देशनलाइ पालना गर्नैपर्छ,' उनले मतपरिणामको घोषणापछि भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell