PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लगातारको वर्षाले जनकपुर जलमग्न, आवागमन प्रभावित



रासस

जनकपुरधाम : शुक्रबार बिहानदेखिको भीषण वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ। लगातारको वर्षापछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएका छन्।
 
वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन्। नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ।
 
यातायात कार्यालय, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell