PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चार कम्पनीलाई आइसिटी अवार्ड



लिभिङ विथ आइसिटी म्यागाजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल विभिन्न चार वटा कम्पनीलाई अवार्ड प्रदान गरेको छ।

अवार्ड पाउनेमा नेपालमै पहिलो पटक एपिआइमा आधारित अनलाइन टिकट बुकिङ सिष्टम नेप्फ्लाइटस सञ्चालन गरिरहेको स्मार्ट समाज प्रा लि र ५ सयभन्दा बढी भेन्डर र ५ लाख प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको सस्तो डिल रहेका छन्।

यस्तै, विद्यालय तहको पाठ्यक्रममा आधारित डिजिटल क्लास निर्माणमा संलग्न कुल टेक्नो ल्याब र राजधानीका विभिन्न रेस्टुरेण्टको लोकेशन, मेनु लगायतका जानकारीसहित एन्ड्रोइड एप यल्लो सुरु गरेको यल्लो नेपालले पनि अवार्ड पाएका छन्।

यी चारवटा कम्पनी अन्य ४२ वटा कम्पनीसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउन सफल भएका हुन्। सूचना तथा संचारमन्त्री  शेरधन राईले अवार्ड प्रदान गरे। कार्यक्रममा मुनिबहादुर शाक्यलाई आइसिटी विशेष सम्मान प्रदान गरिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell