PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय कविता महोत्सव : मणिराज सिंहको 'लोकतन्त्रको अस्मिता' प्रथम



पहिलोपोस्ट

राष्ट्रिय कविता महोत्सव : मणिराज सिंहको 'लोकतन्त्रको अस्मिता' प्रथम

काठमाडौं : राष्ट्रिय कविता महोत्सव-२०७३ मा ललितपुरका मणिराज सिंह प्रथम भएका छन्।
 
नेपाल प्रज्ञा प्रतिष्ठानले ५९औं वार्षिकोत्वसको अवसरका आयोजना गरेको प्रतियोगितामा सिंह प्रथम भएका हुन्। उनको 'लोकतन्त्रको अस्मिता' शीर्षकको कवितालाई प्रथम घोषित गरिएको हो।
 
यस्तै, पुरु लम्सालको 'घर फर्कने सपना' शीर्षकको कविताले दोस्रो स्थान हासिल गरेको छ। असीम सागरको 'टेको', त्रिलोचन आचार्यको 'म नेपाली' र मञ्जुश्री गिरीको 'पीरको झरीले रुझिरहेको देश' कविता तृतीय घोषित भएका छन्।
 
प्रथम कविले ३० हजार, द्वितीयले २५ हजार र तृतीय हुनेहरुले जनही २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
 
यसपटकको कविता महोत्सवका लागि तीन सय ३३ वटा कविता प्रतिस्पर्धाका लागि प्राप्त भएको प्राज्ञ अमर गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell