PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अब 'इ-कसरी'ले गर्नेछ इन्टरनेट समस्याको हल



पहिलोपोस्ट

अब 'इ-कसरी'ले गर्नेछ इन्टरनेट समस्याको हल

काठमाडौं : बढ्दो इन्टरनेट प्रयोगका कारण दैनिकी सहज हुँदै आए पनि एउटा यस्तो पुस्ता छ, जसले सूचना, प्रविधिको रफ्तारलाई समाउन सकेको छैन।

त्यही पुस्ता र सूचना प्रविधिबीचको दुरी हटाउने प्रयासस्वरुप 'इ-कसरी?' नामक युट्युब च्यानल सुरु भएको छ। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थी सन्तोष दाहाल, सौर्य पौडेल र निपेश श्रेष्ठले युट्युब च्यानल सुरु गरेका हुन्। इन्टरनेट प्रयोगमा पर्ने हरेक किसिमका समस्यालाई सरल भाषामा यो च्यानल मार्फत सिकाइन्छ।

इन्टरनेटमा अफ्ठ्यारो परेका हरेक समस्याबारे 'इ-कसरी?' नामक युट्युब च्यानल वा फेसबुक पेजमार्फत जिज्ञासा राख्न सकिनेछ। यसबाट आफूलाई चाहिएको भिडियो प्राप्त गर्न पनि सकिने दाहालले बताए।

सोमबारबाट सुरु गरिएको 'इ-कसरी?' को युट्युब च्यानलमा अहिले २० वटा भिडियो उपलब्ध छन्। जसमा नेपाली टाइप कसरी गर्ने, टोरेन्ट केहो जस्ता जानकारीमूलक सामग्री राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell