PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टेलिकमको ‘मिट’ सुविधा : नि:शुल्क मेसेजको खासै प्रयोग भएन



पहिलोपोस्ट

टेलिकमको ‘मिट’ सुविधा : नि:शुल्क मेसेजको खासै प्रयोग भएन

काठमाडौं : औपचारिक सेवा सुरु गरेको ६ महिनामा नेपाल टेलिकमको सामाजिक सञ्जाल मिटका प्रयोगकर्ता उल्लेख्य रुपमा वृद्धि भएका छन्। गत माघदेखि टेलिकमले मिटको औपचारिक सुरुवात गरेको थियो।
 
अहिलेसम्म मिटमा ४५ हजारभन्दा धेरै प्रयोगकर्ता भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन्। लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको गत पुसमा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए।

नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउन युनिफाइड कम्‍युनिकेशन सिस्टम (UCS) को रुपमा विकास गर्न यो सेवा ल्‍याएको हो। टेलिकमका ग्राहकले आफ्‍नो जिएसएम वा सिडिएमए मोबाइलमार्फत मिटको सुविधा लिन सक्छन्। 

टेलिकमले युसिएसमार्फत ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिएको छ। त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि पठाउन मिल्छ। यसमा म्यासेजको क्यारेक्टर संख्या एक सय ६० वाट बढाएर तीन सय २० पुर्‍याएको टेलिकमले जनाएको छ।  

विस्तृत कार्ययोजना र लक्ष्य नबनाई आएको यो सञ्जालले अहिलेसम्म सामाजिक सञ्जाल प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न सकेको छैन। नि:शुल्क मेसेजको सुविधा पाउँदा पनि यो सञ्जालको खासै प्रयोग भएको छैन।

यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ।  सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्रिया समेत गर्न सकिन्छ।

टेलिकमले १० करोड २० लाख कुल लगानीमा सुरु गरेको यो सञ्जालमा दिनहुँ प्रयोगकर्ता बढिरहेका छन्। 'औसतमा दैनिक दुई सय ५० प्रयोगकर्ता थपिन्छन्,' प्रवक्ता वैद्यले भनिन्, 'अझै परिस्कृत गरेर प्रयोगकर्ता थप्ने र सेवा विस्तार गर्ने योजना रहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell