PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष ठगी आरोपमा पक्राउ



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष ठगी आरोपमा पक्राउ

काठमाडौं : नक्कली ‘खेलाडी कार्ड’ बनाई विभिन्न देशमा खेलाडी पठाएकोमा आरोपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
 
ठगी मुद्दामा गिरीविरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार गिरीलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको एसपी सहकुलबहादुर थापाले बताए।
 
गिरीले म्याग्दी जिल्ला बस्ने ५३ वर्षीय टेकप्रसाद लामगादे र दीपक सुनारलाई कोरिया पठाइदिने भन्दै क्रमश: १ लाख र २ लाख ६० हजार लिएको खुल्न आएको प्रहरीको भनाइ छ। पक्राउ परेका गिरीले यसअघि पनि तेक्वान्दो खेलाडीको नक्कली कार्ड बनाई झापाका राजेन्द्र दवाडीलाई लन्डन पठाउने भन्दै ठगी गरेको उजुरी परेको थियो।
 
४४ वर्षीय गिरी रग्बी संघका बहालवाला महासचिव समेत हुन्।  उनले न्युजील्याण्ड, इंग्ल्याण्ड, चीन र क्यानडामा भएको तेक्वान्दो वर्डकपमा पनि रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell