PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक सय रुपैयाँको विवाद : साथीकै हत्या गर्ने पक्राउ



पहिलोपोस्ट

एक सय रुपैयाँको विवाद : साथीकै हत्या गर्ने पक्राउ

काठमाडौं : श्यामबहादुर मगरको हत्यामा संलग्न २८ वर्षीय कामी लामा तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। ४८ वर्षीय मगरको हत्यामा संलग्न रहेको अभियोगमा नुवाकोट साल्मे–५ का तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
 
काठमाडौं तार्केश्वर नगरपालिका–९ पृथ्वीटोलस्थित कमेरे खोला किनारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा वैशाख १० गते मगरको शव फेला परेको थियो। तामाङसमेत संलग्न भएको अनुसन्धानबाट पत्ता लागेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
पक्राउ परेका तामाङ वैशाख ७ गते नुवाकोटबाट काठमाडौं आई विषमान भन्ने सेतेरोङ तामाङको कोठामा बसेका थिए। पर्सिपल्ट अन्य चार जनासँग बसेर मदिरा सेवन गरेका उनीहरुबीच ज्यालाको विषयमा विवाद भएको थियो।
 
ज्याला लिई बाहिर निस्केपछि चार जनाले मगरलाई हत्या गर्ने उद्देश्यले पिछा गरेको र कमेरे खोला डिलमा पुगेपछि खुकुरी प्रहार गरी हत्या गरेको पत्ता लागेको प्रहरीले जनाएको छ। 

घटनापश्चात् चारैजना फरार रहेकोमा कृष्ण विक भने वैशाख २९ गते पक्राउ परेका थिए। अन्य अभियुक्तहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

पढ्नुस्, घटना यस्तो थियो- 
१ सय रुपैयाँको विवादमा साथीकै हत्या !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell