PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मनिषाको पोस्टमार्टम रिपोर्ट दुई दिनभित्र आउने, पशुपतिमा अन्तिम संस्कार



पहिलोपोस्ट

मनिषाको पोस्टमार्टम रिपोर्ट दुई दिनभित्र आउने, पशुपतिमा अन्तिम संस्कार

काठमाडौं : शंकास्पद मृत्युपछि पोस्टमार्टमका लागि काठमाडौं ल्याइएकी मनिषा घर्ती मगरको ‘पोस्टमार्टम रिपोर्ट’ दुई दिनपछि सार्वजनिक गरिने भएको छ।

नवलपरासीको बर्दघाट नगरपालिका-८ स्थित घरमै बुधबार मृत अवस्थामा फेला परेकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी हुन्। उनको शव परीक्षणका लागि गएराति काठमाडौं ल्याइएको थियो।

बहिनीको रहस्यमय मृत्युको खबर पाएपछि विमल आजै बिहान बेल्जियमबाट काठमाडौं आइपुगेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मनिषाको हत्या उनकै प्रेमी आशिष चौधरीबाट भएको अनुमान गरे पनि पुष्टि हुन बाँकी छ। उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा थिए। आशिषलाई समेत भोलि काठमाडौं ल्याएर मेडिकल चेकजाँच गरिने प्रहरीले जनाएको छ।
 
मनिषाको अन्त्येष्टि आजै पशुपतिको विद्युतीय शवदाह गृहमा गरिने पारिवारिक स्रोतले जनाएको छ। उनी विमलकी एक्ली बहिनी हुन्। उनका बुबाको पनि दुर्घटनामा मृत्यु भइसकेको छ। 
(फोटो : प्रदीपराज वन्त, रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell