PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सोह्र वर्षकी किशोरीले जन्माइन् तिम्ल्याहा



रासस

जुम्ला :  पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन्। 

उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन्। पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिए।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन्। आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell