PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बैकिङ कसुरमा कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना



पहिलोपोस्ट

बैकिङ कसुरमा कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना

काठमाडौं : पाटन पुनरावेदन अदालतले बैंकिङ कसुर गरेको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको छ।
 
नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो। न्यायधीशहरु किशोर सिलवाल र चन्डिराज ढकालको संयुक्त इजलासले २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो।
 
अदालतले बिहीबार ऋणी किशोर ढकाल र उनको ग्यारेन्टी बस्ने देवकी ढकाललाई पनि कैद र जरिवानाको फैसला गरेको छ। उनीहरुलाई पनि ज्ञवालीजति नै कैद र जरिवानाको फैसला गरिएको हो।
 
यसबाहेक सम्पति मूल्यांकनकर्ता (भ्यालुएटर) कोमानन्द अधिकारीलाई पनि कैद र जरिवाना गरिएको छ। बाँकी चार जना माथिल्लो तहका कर्मचारीहरुलाई दुई वर्ष कैदको फैसला गरिएको छ।
 
मंजयराज पाण्डे , वालकुमार पाण्डे , प्रकाशराज पन्त, श्यामसुन्दर ढकाल ,  प्रदिप खनाल ,सविना उपाध्याय, रेणुप्रसाद पाण्डे , विमल सापकोटा , सुमित अर्याल , वामदेव नेपाल , किश्वर ढकाल , देवकी बस्ताकोटी , सुनयन शाक्य , नविन राई , मेरु जोशी , मुकुसन्द सुवेदी र प्रकाश बराललाई भने सफाइ दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell