PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपिएल : हैदरावादले हरायो कोलकोतालाई, ​फाइनल प्रवेशका लागि गुजरातको सामना गर्ने



पहिलोपोस्ट

आइपिएल : हैदरावादले हरायो कोलकोतालाई, ​फाइनल प्रवेशका लागि गुजरातको सामना गर्ने

इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावादले गुजरात लायन्सको सामना गर्ने भएको छ। बुधबार भएको खेलमा कोलकोता नाइट राइडर्सलाई २२ रनले हराउँदै हैदरावादले फाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो।

सनराइजर्स हैदरावाद र गुजरात लायन्सबीच हुने दोश्रो क्वालिफायर म्याचको विजेता टिमले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।
 
दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको कोलकोता पुरै ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ४० रनमा समेटिन पुगेको थियो।

कोलकोताका लागि मनिष पाण्डेले ३६ तथा कप्तान गौतम गम्भीरले २८ रन बनाए। हैदरावादको धारिलो बलिङको सामना गरेको कोलकोताका अन्य ब्याट्सम्यानले खासै रन जोड्न सकेनन्।

हैदरावादका भुवनेश्वर कुमारले कोलकोताका ३ विकेट लिए। त्यस्तै मोसेस हेनरिक्सले २ विकेट लिए। 
 
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। हैदरावादका लागि युवराज सिंहले सर्वाधिक ४४ रन बनाए। त्यस्तै हैदरावादलाई प्रतिष्पर्धात्मक अवस्थामा पुर्‍याउन मोसेस हेनरिक्सले ३१ तथा डेभिड वार्नरले २८ बनाए।

कोलकोता नाइट राइडर्सका कुलदिप यादवले हैदरावादको ३ विकेट लिए भने जेसन होल्डर र मोर्ने मोर्केलले समान २ – २ विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell