PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चट्याङ र आँधीबाट २३ को मृत्यु



नयाँ दिल्ली : उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
 
उत्तर प्रदेशको पश्चिम र मध्यभागहरूमा गत सोमबार साँझबाट सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको् मृत्यु भएको बताइएको छ।
 
उत्तर प्रदेशको ६ वटा जिल्लामा  चट्याङ पर्नुका साथै आँधीबेरीबाट २३ व्यक्तिको मृत्यु भएको सो राज्यका एक अधिकारीले जानकारी दिएका छन्।
 
सो प्रकोपका कारण सयौँ रुख र विद्युतीय खम्बा ढलेर नै व्यक्तिहरूको मृत्यु भएको बताइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell