PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

शीर्ष नेतासँगै छैन संविधानमा छलफल गर्ने समय



शीर्ष नेतासँगै छैन संविधानमा छलफल गर्ने समय
फाइल फोटो: अंगद ढकाल

काठमाडौं: कार्यव्यस्तता देखाउँदै प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित अन्तवस्तुको छलफल स्थगित गरेका छन्। नेताहरुले सामान्य छलफल पछि अन्य कामलाई केन्द्रमा राख्दै सोमबार बालुवाटारमा बसेको बैठक स्थगित गरेका हुन्।

बैठक बिहान ८ बजेका लागि बोलाइएको थियो। नेताहरु झण्डै दुई घण्टा छलफलमा जुटेका थिए। तर नेताहरु एकएक गर्दै काम देखाउँदै दस बजेपछि निस्किएका थिए।

प्रधानमन्त्री सुशील कोइरालाले आफू त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा जानुपर्ने भन्दै बैठक नलम्ब्याउन आग्रह गरेका थिए। त्यस्तै एमाओवादी अध्यक्ष प्रचण्डले पनि पार्टी केन्द्रीय समिति बैठक जारी रहेको भन्दै पछि कुराकानी गर्ने गरि बैठक स्थगित गर्न आग्रह गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो झापा जाने कार्यक्रम जानकारी गराएका थिए। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षको झापा जाने कार्यक्रम रहेको सञ्चारकर्मीलाइ जानकारी दिएका थिए।

दलहरुले गत बिहीवार संविधानका विवादित विषयमा विकल्प प्रस्तुत गर्न भन्दै चार सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले विकल्प प्रस्तुत गर्न नसकेपछि थप छलफलका लागि बैठक डाकिएको थियो। कार्यदलले आइतबार सहमति गर्न नसकेको भन्दै शीर्ष नेताहरुलाई नै सहमति जुटाउन सिफारिस गरेको थियो।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बैठकपछि 'जनतालाई दिन केही छैन' भन्दै निस्किएका थिए।
'पर्सीको मिटिङमा दिने कुरा निकाल्छौ', गच्छदारले भने।

बैठकमा मधेस केन्द्रीत दलका शीर्ष नेता तथा कांग्रेस, एमाले र एमाओवादीका नेताहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell