PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘नेपाल फेसन आइकन’को उपाधि अनिश र सिर्जनालाई



पहिलोपोस्ट

‘नेपाल फेसन आइकन’को उपाधि अनिश र सिर्जनालाई

काठमाडौं : ‘नेपाल फेसन आइकन २०१६’ को उपाधि सामाखुसी टाउन प्लानिङका १९ वर्षीय अनिश तामाङ र जोरपाटीकी २० वर्षीया सिर्जना देवकोटाले जितेका छन्।

विजेताले शीर्ष उपाधिका साथ विभिन्न गिफ्ट पाएका छन् भने उनीहरुलाई फिल्म र म्युजिक भिडियोमा अभिनयको अवसर पनि दिइएको छ।
अनिशले बेस्ट फिजिकको समेत उपाधि हात पारे। त्यस्तै प्लस–टु अध्ययनरत सिर्जनाले भिवर च्वाइस अवार्ड पनि जितिन्। दुवै बिजेताले आ–आफ्नो विधाका १९ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन्।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा पुरुषतर्फ निर्भिय नकर्मी र राजीव ढकाल सेकेन्ड रनर अप घोषित भए। महिलातर्फ सपना भेटुवाल फस्ट रनर अप र आकृति राजभण्डारी सेकेन्ड रनर अप चुनिए। कार्यक्रममा पुरुषतर्फ भिवर च्वाइस सामिप आचार्य, बेस्ट फिगर आस्था जोसी, मल्टिमिडिया ट्यालेन्ट निलम कुसी र अभि क्षत्री, बेस्ट पर्सनालिटी स्नेहा लामा र विशाल शाक्य, मोस्ट ट्यालेन्ट अन्जना गौतम र सुनिल गोपाली, फेसनालिस्ट सपना भेटुवाल र जोन तामाङ, फोटो जेनिकमा आस्था जोसी र सुरज पुरीले उपाधि हात पारे।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल मुख्य अतिथि र नेता देवेन्द्र पौडेल, प्याब्सन उपाध्यक्ष देवकी थापा अतिथिका रुपमा उपस्थित थिए।

अन्तर्राष्ट्रिय मोडलिङका लागि नेपालको प्रतिनिधित्व गराउन मोडल खोज्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन्। अन्तिम प्रतिस्पर्धाको निर्णायकका रुपमा अभिनेता रेश मरहट्ठा, नेपालका प्रथम अन्तर्राष्ट्रिय मोडल दिपक घिमिरे, निर्देशक दिवाकर भट्टराई, मोडल दिक्पाल कार्की, पूर्व मिस्टर नेपाल सन्दिप पोखरेल, रनवे मोडल अनिश तामाङ, मिस्टर  नेपाल २०१६ गणेश अग्रवाल रहेका थिए।

उत्कृष्ट गीत संगीत, नृत्य लगायतको प्रस्तुतिका साथ भएको प्रतियोगितामा प्रतियोगीलाई विभिन्न सिक्वेलमा आकर्षक पहिरनसहित स्टेजमा उतारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell