PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बोधगया पुगेर बुद्ध बनेको तर्कको प्रमद्वारा खण्डन, भन्छन्- बुद्ध र बुद्धत्वलाई छुट्याउन मिल्दैन



पहिलोपोस्ट

बोधगया पुगेर बुद्ध बनेको तर्कको प्रमद्वारा खण्डन, भन्छन्- बुद्ध र बुद्धत्वलाई छुट्याउन मिल्दैन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध र बुद्धत्वलाई छुट्याएर हेर्न नहुने बताएका छन्। राजधानीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ गौतम भारतको बोधगयामा पुगेर बुद्ध बनेको तर्कको खण्डन गरेका हुन्।
 
प्रधानमन्त्री ओलीले भने - 'हामीले बुद्ध र बुद्धत्वलाई छुट्याउन सक्दैनौँ। बुद्धत्वको दर्शन बुद्ध भित्रै थियो र बुद्धत्व प्राप्ति (इन्लाइटमेन्ट) भयो र विकास भयो।'
 
प्रधानमन्त्री ओलीले बुद्धले गरेको त्याग उनी भित्रको बुद्धत्वकै कारण भएको तर्क गरे।

'बुद्धत्वबाट बुद्धलाई हटाउने र उनले जीवनको सुरुवातमै प्राप्त गरेको इन्लाइटमेन्टलाई हटाउनु मिथ्या धारणा हुन जान्छ', ओलीको भनाई थियो।
 
प्रधानमन्त्री ओलीले बुद्धलाई एसियाको ज्योति भन्दा पनि विश्वको ज्योति भन्नु उचित हुने बताए। 'लुम्बिनी नै यो भूमि हो जहाँ बुद्धत्वको जन्म भयो, यो बुद्धको भूमि हो र शान्तिको आधारभूमि पनि।'

प्रधानमन्त्री ओलीले सरकार लुम्बिनीको प्रवर्द्धनका लागि कटिबद्ध रहेको बताए। 'लुम्बिनीलाई बुद्धको जन्मभूमीको रुपमा साथै बुद्धत्वको आधारभूमिको रुपमा प्रबर्द्धनका लागि कटिबद्ध छ', ओलीले भने।

ओलीले अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा लुम्बिनीलाई विकास गर्न सरकार लागिरहेको समेत सुनाए।

आजबाट सुरु भएको अन्तराष्ट्रिय बुद्धिस्ट सम्मेलन आउँदो शुक्रबारसम्म चल्नेछ। आउँदो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा लुम्बिनीमा बुद्ध पूर्णिमा मनाउने कार्यक्रम रहेको छ।
 
सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिको समेत सहभागित रहेको छ। साथै श्रीलङ्का र थाइल्याण्डका मन्त्री समेत सम्मेलनमा सहभागि छन्। चीनबाट ३ सय तथा भारतबाट ९ जना प्रतिनिधी सम्मेलनमा सहभागि रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell