PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विप्लवले भने : हामीले नायक बनाएका नेता जोकर भएर निस्किए



विप्लवले भने : हामीले नायक बनाएका नेता जोकर भएर निस्किए

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौं: मोहन वैद्य नेतृत्वबाट अलग भएर नयाँ पार्टी बनाएका नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले शुक्रबार खुलामञ्चबाट आफ्ना धारणा राख्नुभन्दा अधिक आक्रोश पोखे। विप्लवले शान्ति प्रक्रियामा इमान्दारीपूर्वक आफ्नो पार्टी आएको भए पनि राजधानी ल्याएर आफूविरुद्ध युद्ध छेडिएको बताए।

कालो ज्याकेट र सेतो सर्ट लगाएर खुलामञ्चमा भाषण गर्न उक्लिएका विप्लवले सुरुदेखि नै नयाँ पार्टी गठन गर्नुको आवश्यकता पुष्टि गर्न खोजे। उनले आफू खुलामञ्चमा खडा हुने भनेर राजधानी नआएको तर परिस्थितिले यस्तो अवस्थामा ल्याएको जिकिर गरे।

युद्धका घाइते र जनताले प्रचण्ड र मोहन वैद्यसँग जवाफ माग्दा उनीहरुले उत्तर दिन नसकेकै कारण आफूहरु जवाफ दिन उभिएको विप्लवको भनाइ थियो।

आफ्नो पार्टीबारे धेरैमा जिज्ञासा रहेको उल्लेख गर्दै विप्लवले जंगल नजाने प्रस्ट गरे। उनले फेरि लडाइँ हुने अवस्था भने आउन सक्ने स्वीकार गरे।

'हामी जंगल जाँदैनौ, फेरि लडाइँ भएछ भने कहाँ हुन्छ बुझ्नुस् (हाँसो), को मान्छे कहाँ पछारिन्छ थाहा हुँदैन?', विप्लवले भने, 'हामीले हतियार कहाँ लुकायो भनेर पत्रकार साथीहरु सोध्नुहुन्छ? हामीले बन्दुक बुझाउँदै घर फर्कँदासमेत सुख छैन।'

भिडियो हेर्नुस्-




विप्लवले जनताले नायक बनाएर काठमाडौं पठाएका नेताहरु इतिहासको 'टेस्ट'मा फेल भएको बताए। 'जनताले नायक बनाएर काठमाडौं ल्याएको हो, हामीलाई बालुवाटार, सिंहदरबार, भद्रकाली पनि फेरौँला भन्ने थियो तर हामीले बनाएका नायक जोकर बनेर फर्किए,' उनले भने।

आफूहरुसँग हतियार नभएको स्पष्ट पार्दै उनले भने, 'हामी शान्ति चाहन्छौं। हतियार छैन, सेना छैन, तर पेल्न खोजे, यता उता भए, दिमागमा हतियार बोकेपछि भोलि बिहानै आइपुग्छ।'


संविधानसभा र संघियताबारे

हामी संविधान बनाउनै काठमाडौं आएका थियौँ, इमान्दारीपूर्वक नै आएका थियौं,' विप्लवले भने, 'तर अहिलेको संविधानसभा फेक संविधानसभा हो।'

संविधानसभा भित्रको दुई तिहाइको बहसलाई समेत उनले खुलामञ्चको सम्बोधनबाट नकारे। उनले विगतमा मुलुकको ८० प्रतिशत भुभाग माओवादीले कब्जा गरेको दावी गर्दै अहिले फेक संविधानसभामा दुई तिहाइको कुरा सन्दा अचम्म लागेको बताए। 'यो संविधानसभा नक्कली हो,' विप्लवले भने।  उनले अहिले नेताहरु कुकुरले हड्डीका लागि झगडा गरेझै देखिएको बताए।



बिहान उठेर मुखसमेत नधोइ एमाले नेताहरु माओवादी नेताहरुलाई गाली गर्छन्, कांग्रेस नेताहरु गाली गर्छन्, प्रधानमन्त्री को बन्नुपर्छ, राष्ट्रपति को बन्नुपर्छ भन्छन्,' विप्लवले भने, 'मुलुकको राजनीतिक नेतृत्व केही भारु र डलर लिएका मान्छेहरुको कब्जामा चलेको छ।'
अहिलेको संविधानसभाले संविधान नभई जनता विरुद्ध कानुन बनाउन लागेको बताए।  


छैन नयाँ योजना?

विप्लवले आफूहरुसँग अब नयाँ राजनीतिक सहमति हुनुपर्ने जिकिर गरे। उनले संविधानसभाको विघटन गरेर राष्ट्रिय राजनीतिक सभा गर्नुपर्ने माग गरे। 

'एकचोटी फेरि बलिदानीका लागि तयार हुनुपर्‍यो,' विप्लवले आह्वान गरे।






  हेर्नुस् थप फोटोहरु-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell