PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

१३ नेपाली सहित २७ आरोही सगरमाथाको चुचुरोमा



काठमाडौँ : १३ नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन्। मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
 
यसअघि बिहीबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।
 
यसरी तीन दिनमा ४२ आरोहीले सगरमाथा आरोहण गरेका छन्। अहिले धेरै आरोही समूह क्याम्प चार नजिक पुगेको र शनिबारसम्म धेरै सङ्ख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ।
 
पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell