PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​भारतीय मिडिया लेख्छ- नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो



पहिलोपोस्ट

​भारतीय मिडिया लेख्छ- नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो

काठमाडौँ :  सुध्रिँदै गएको मानिएको दक्षिणी छिमेकीसँगको सम्बन्ध पुनः एक पटक बिग्रन लागेको संकेत देखिने गरी केही भारतीय मिडियाले आज समाचार लेखेका छन्। 

सबभन्दा कडा हेडलाइन र समाचार भारतको दोस्रो सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक द पायनियरले लेखेको छ। 'नेपाल झगडालु भयो, भारतको हात तिरस्कार गरियो' शीर्षकमा विनिता पान्डेको बाइलाइनमा लेखिएको समाचारमा नेपाल सरकारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सघाउने भारतीय प्रस्तावलाई अस्वीकार गरेको उल्लेख गरेको छ। 

समाचारमा राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणलाई अस्वीकार गरेको, अकस्मात् भ्रमण अस्वीकार गरेको विषयमा रिजर्भेसन राख्ने नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको पनि उल्लेख छ। 

'नेपाल-भारत सीमा नजिक रहेको र रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेकोले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने मल्टी बिलिनियर डलरको प्रोजेक्टमा भारतले रुचि देखाएको थियो,' समाचारमा लेखिएको छ, 'गएको जुनमा पुननिर्माणका लागि नेपालले गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विदेश मन्त्री सुष्मा स्वराजले निजगढ विमानस्थल र काठमाडौँबाट निजगढ जोडिने फास्ट ट्रयाक बनाउनमा भारतीय रुचि पहिलो पटक सार्वजनिक गरेकी थिइन्।'

'ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आफ्नै स्रोत परिचालन गर्ने निर्णय गरेको छ,' समाचारमा लेखिएको छ। 

द पायनियरले समाचारमा आफ्नो विचार लेख्दै भनेको छ, 'आफ्नो टाउकोमाथि खतराको तरबार झुण्डिरहेका ओलीले आफ्नो निराशा राजदूतमाथि पोखेका छन् जो वास्तवमा नेपाल-भारत सम्बन्ध पुनः ट्रयाकमा ल्याउन अथक प्रयास गरिरहेका थिए। त्यस्तो सम्बन्ध जो ओली सत्तामा आएदेखि नै समस्याको सामना गरिरहेको छ। उपाध्याय (राजदूत) नेपालको आन्तरिक राजनीतिको शिकार भएको देखिन्छ। उनी नेपाली कांग्रेसको वरिष्ठ सदस्य भएकोले ओलीले विपक्षीलाई प्रहार गर्न खोजेका छन्। 

त्यसैगरी हिन्दुस्तान टाइम्सले नाम नखुलाइएका भारतीय अधिकारीहरुलाई उद्धृ त गर्दै ओलीका पछिल्ला मूभहरु उग्र राष्ट्रवादलाई फेरि भड्काएर तराई क्षेत्रमा रहेका संवैधानिक चासोका विषयलाई बेवास्ता गर्नेतर्फ लक्षित भएको लेखेको छ। नेपालको आन्तरिक मामिलामा आफूलाई तानिएकोमा भारतीय नेतृत्व खुसी नरहेको र काठमाडौँको 'अनावश्यक र अकारणको संकेत'बाट दिक्क रहेको समाचारमा उल्लेख छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell