PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मोदी नेपाल भ्रमणमा नआउने र राष्ट्रपति भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा



काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा नआउने र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा नजाने घोषणा २४ घण्टाको अन्तरालमा भएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय नभइसके पनि बुद्ध जयन्तिका दिन नेपाल भ्रमणमा आउन सक्ने र त्यसका लागि विहारका मुख्यमन्त्री नितिशकुमारलाई पनि साथै लैजान सक्ने खालका समाचारहरु भारतीय मिडियामा नै आएका थिए। 

तर बिहीबार भारतीय विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने तत्काल कुनै योजना छैन।'

नेपालले लुम्बिनीमा आयोजना हुने कार्यक्रमका लागि चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई निम्तो गरेको थियो। 

त्यसको भोलिपल्ट शुक्रबार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भारतको औपचारिक भ्रमण रद्द गरेको छ। राष्ट्रपति भण्डारीको भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले अप्रिल २२ को प्रेस ब्रिफिङमा नै घोषणा गरिसकेको थियो। 

प्रधानमन्त्री केपी ओलीको सरकार ढल्नबाट जसोतसो जोगिएलगत्तै यी घटनाक्रम अगाडि बढेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell