PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

२२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि: ओली



२२ दलीय मोर्चा संविधान आउन नदिनकै लागि: ओली
फाइल फोटो

सर्लाही : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी संविधान जारी गर्न नदिनकै लागि मोर्चा गठन गरेको बताएका छन्। सर्लाहीको हरिवनमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले आन्दोलन, रक्तपात जस्ता धम्की नदिन एमाओवादीलाई चेतावनी दिए।

'कसैको आन्दोलन, रक्तपात जस्तो धम्कीको कुनै अर्थ छैन', ओलीले भने।

शनिबार बसेको प्रमुख तीन दलको बैठकमा समेत ओलीले २२ दलीय मोर्चा विघटन गर्न एमाओवादीलाई सुझाव दिएका थिए। लगत्तै एमाओवादी अध्यक्ष प्रचण्ड बैठक छाडेर हिँडेका थिए।

'हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ”, ओलीले ब्यङ्ग्य गरे, 'तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो।'

ओलीले जस्तोसुकै अवरोध पन्छाएर भए पनि माघ ८ गते मुलुकमा नयाँ संविधान जारी हुने दाबी गरे। 

'भरसक सहमतिको अन्तिम प्रयास गर्छौ, ओलीले भने, 'नभए प्रक्रियाबाटै भए पनि मुलुकलाई नयाँ संविधान दिनेछौँ।'

सहमतिबाटै मात्र संविधान बनाउनुपर्छ भन्नेलाई प्रतिप्रश्न गर्दै ओलीले भने, 'संसारमा सर्वसम्मतिबाट संविधान जारी भएको उदाहरण कहाँ छ? सहमतिबाटमात्रै बनाउनुपर्ने भए दुई/तीनजना नेता बसेर गरे भइहाल्थ्यो नि, संविधानसभाको निर्वाचन किन गर्नु पर्‍यो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell