PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रिय खेल खोज्दै खेलकुद मन्त्रालय



राष्ट्रिय खेल खोज्दै खेलकुद मन्त्रालय

काठमाडौं : तपाइँलाई थाहा छ नेपालको राष्ट्रिय खेल के हो? डण्डिबियो? कबड्डी? अहँ होइन। केही समय पर्खिनुस्, खेलकुद मन्त्रालय नेपालको राष्ट्रिय खेल खोज्न लागिपरेको छ।

मन्त्रालयले 'नेपालको राष्ट्रिय खेल के हुने?' भन्ने विषयमा राय सुझाव माग गरेको छ। विभिन्न क्षेत्रबाट आएका राय सुझावका आधारमा राष्ट्रिय खेल छनौट र सिफारिससहितको प्रतिवेदन बुझाउन सरकारले राष्ट्रिय खेल छनौट तथा सिफारिस समिति गठन गरेको छ।

समितिले 'नेपालको राष्ट्रिय खेल के हुने सम्बन्धमा खेलकुद क्षेत्रको समस्त वस्तुस्थिति, सम्बन्धित साहित्यिक अध्ययन तथा जनमतबाट प्राप्त हुने सुझाव'को प्रतिवेदन मन्त्रालयलाई बुझाउने छ।

राष्ट्रिय खेल छनौटको सिफारिस गर्दा राष्ट्रिय एकता तथा अखण्डतालाई सरलीकृत गरि राष्ट्रिय पहिचान कायम गर्न सकिने खालको हुनुपर्ने उल्लेख छ।

१५ दिन म्याद राखि मागिएको राय सुझावको सूचनामा लेखिएको छ, 'नेपालको सन्दर्भमा कुन खेललाई राष्ट्रिय खेलको रुपमा सिफारिस गर्दा राष्ट्रिय एकता तथा अखण्डता समेतलाई सरलीकृत गराई राष्ट्रिय पहिचान कायम गर्न सकिन्छ सो खेल उल्लेख गरी १५ दिन भित्र समिति समक्ष राय सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ।'

कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बारे सबैले सुझाव दिन सक्नेछन्। 

कहाँ दिने त सुझाव?

राय सुझाव पठाउनका लागि [email protected], [email protected] मा इमेल गर्न सकिने वा ०१-४४१६१६५ वा ९८४४२३०५८९ वा ९८१३००६८९५ मा फोन गरेर भन्न सकिने समितिले मन्त्रालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell