PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राष्ट्रपति भारतको औपचारिक भ्रमणका लागि २७ गते जाँदै , यस्ता छन् कार्यक्रम



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी २७ गते भारतको औपचारिक भ्रमणमा जाने भएकी छन्। भारत सरकारको निमन्त्रणामा २७ गतेदेखि हुने राष्ट्रपतिको भ्रमण कार्यक्रम सोमबार बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्दैछ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपति भण्डारी एक साता भारतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्।

​राष्ट्रपतिले २८ गते भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग द्वीपक्षीय भेटघाट गर्नेछिन्। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजसँग पनि उनको भेटवार्ता हुनेछ।

त्यसपछि राष्ट्रपति भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानको आयोजनामा उज्जैनमा हुन लागेको तीन दिने महिला सशक्तिकरण, पर्यावरण र ग्रामीण विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell