PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​अमेरिकामा कांग्रेसीबीचको झगडा यसरी सुल्टियो



​अमेरिकामा कांग्रेसीबीचको झगडा यसरी सुल्टियो

  • विष्णुहरि घिमिरे -
न्युयोर्क : महामन्त्री कोइरालाको रोहवरमा झण्डै २४ घण्टाको रस्साकस्सी बहस पछि जन सम्पर्क समिति अमेरिकाका पदाधिकारीले अन्तत: एउटै मञ्चमा  कार्यक्रम आयोजना गरे। निजी भ्रमणमा शुक्रबार बिहान अमेरिका आएका कांग्रेस महामन्त्री शशां‌क कोइरालाको स्वागतमा जनसम्पर्क केन्द्रीय समिति र न्युयोर्क च्याप्टरले एकै दिन पाँच सय मिटरको दुरीमा शनिबार छुट्टा छुटटै कार्यक्रमको आयोजना गर्ने भन्दै सुचना सार्वजनिक गरेका थिए। तर कार्यक्रम सुरु हुनु केही समय अघि मात्र दुवै पक्ष एकै स्थानमा कार्यक्रम गर्न सहमत भएका हुन्।

त्यसो त कार्यक्रम सुरुहुनु एक घण्टा अगाडि न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गानाले आफ्नो फेसबुक स्टाटस मार्फत् केन्द्रीय कमिटीले आयोजना गर्ने कार्यक्रम बहिस्कार गर्ने लेखेका थिए। तर पछि उनी आफैँ सोही कार्यक्रममा स्वागत मन्तब्य दिन पुगेका थिए।

महामन्त्री कोइरालाले  नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा प्रतिनिधि छनोट गर्दादेखि यताको समयमा भएका सबै कमी कमजोरीमा दुवै पक्षले आत्मालोचना गर्ने तथा  बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, उपाध्यक्ष सीपी पौडेल र मुनिन्द्र नेम्वाङलाई तीन महिना सम्मका लागि गरिएको निलम्वन फुकुवा गर्ने रोडम्याममा सहमत हुन दुवै पक्षलाई निर्देशन दिएका थिए। 

महासचिव नेम्वाङले पक्षले अन्तिम समयमा मात्र सो रोडम्यापमा सहमति जनाएको थियो। त्यसपछि भएको कार्यक्रमको सभापतित्व केन्द्रीय समितिका सभापति आनन्द विष्टले गरेका थिए भने नेम्वाङले महासचिवको हैसियतमा कार्यक्रम सञ्चालन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell