PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

पञ्चेश्वरको डिपिआर गर्ने सम्झौता



पञ्चेश्वरको डिपिआर गर्ने सम्झौता

काठमाडौं : नेपाल र भारतबीच पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने सम्झौता भएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा आइतबार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो।

६ हजार ४ सय ८० मेगावाटको पञ्चेश्वर आयोजनाको २०५२ मा नै पञ्चेश्वर आयोजनाको नेपालले विस्तृत आयोजना प्रतिवेदन निर्माण गरेको थियो।

१९ वर्षअघि महाकाली सम्झौता हुँदा पञ्चेश्वर वहुउद्देश्यीय योजना निमार्ण गर्ने समझदारी हुँदा नेपाल र भारतले आयोजनाबाट उत्पादित विद्युत आधाआधा प्रयोग गर्ने सहमति भएको थियो।

केही समयअघि नेपालमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले मोदी नेतृत्वको नयाँ सरकार पञ्चेश्वर आयोजना अगाडि बढाउन सकारात्मक देखिएको तर त्यसको पहल नेपालले गर्नुपर्ने बताएका थिए।

पञ्चेश्वर आयोजना निर्माण गर्न नेपाल र भारतबीच १९ वर्ष अघि नै सम्झौता भएको थियो तर लामो समयसम्म आयोजना विकासका लागि दुवै पक्षबाट ठोस पहल हुन सकेको थिएन। बिजमान्डु डटकमका अनुसार पछिल्लो केही समयदेखि आयोजना निर्माणस्थलसम्म पुग्न बाटो, पुल, पुलेसो बनाउन बजेट विनियोजन गर्न थालेको छ।

भारतले नेपालका उच्च हिमाली जिल्लाका लागि आयोडिनयुक्त नुनका लागि ६९ मिलियन भारतीय रुपैयाँ सहयोग गर्ने सहमतिमा पनि सम्झौता भएको छ। नेपाल टेलिभिजन र भारतीय टेलिभिजन दूरदर्शनबीच सम्बन्ध विस्तार गर्ने सहमति भएको छ। 

यस्तै दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा हुलाक टिकटमा टाँचा लगाएका छन्। हुलाक टिकटमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो रहेको छ।

हुलाक टिकटमा भएको फोटो प्रधानमन्त्री कोइराला भारतीय प्रधानमन्त्रीको सपथका बेला भारत गएको समयमा खिचिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell