PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

७ सय सुरक्षाकर्मी, बम डिस्पोजल टोली : यस्तो छ भोलि हुने क्रिकेटका लागि कडा सुरक्षा व्यवस्था



  • मनोज सत्याल -
काठमाडौं : नेपाल प्रहरीले आइसीसीको सुरक्षा चासो सम्बोधन गर्न नेपाल र नामिबियाबीच हुने क्रिकेट प्रतियोगितामा उच्च सुरक्षा प्रदान गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल प्रहरीसँग प्रतियोगिता र खेलाडीको सुरक्षाबारे लिखित प्रतिबद्धता मागेको थियो। महानगरीय प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी दुई दिन खेल अवधिभर सुरक्षाका लागि ७ सय ८३ सुरक्षाकर्मी परिचालन गर्न लागिएको जानकारी दिएको छ। 

महानगरीय प्रहरी आयुक्त एआईजी प्रतापसिंह थापाले खेलका दौरान हुनसक्ने प्राकृतिक विपत्तिमा आकस्मिक उद्दार देखि खेलाडीको स्कर्टिङसम्मको सुरक्षामा प्रबन्ध गरिएको जानकारी दिए।


'मैदानमा नेपाली दर्शकको चाप बढ्न सक्ने भएकाले र खेलमा दर्शक उत्तेजित हुने अवस्था भएकाले पर्याप्त तयारी गरेका छौं', थापाले भने। उनले विना टिकट घुस्न खोज्नेदेखि, पर्खाल नाघ्न खोज्नेसम्मलाई नियन्त्रण गर्नेगरी प्रहरी परिचालन हुने बताए। यसअघि डिभिजन पाँचमा अमेरिका विरुद्धको खेल हार्ने अवस्था उत्पन्न भएपछि नेपालि दर्शकहरुले मैदानमा ढुङ्गा र बोतल प्रहार गरेका थिए। जसका कारण आइसीसीले खेलाडीको सुरक्षा र नेपालको आयोजना क्षमतामा प्रश्न गरेको थियो। 

नेपाल र नामिबियाबीच हुने खेल आइसीसीले नै आयोजना गरेकाले सुरक्षामा समेत तदारुकता देखाइएको उनले बताए। 'हामीले आइसिसीलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा अस्युरेन्स गरेका छौँ', उनले पत्रकार सम्मेलनमा भने।

यस्तो हुनेछ त्रिवि मैदानको सुरक्षा

त्रिभुवन विश्वविद्यालयको मैदान क्षेत्रमा सिसिटीभी निगरानी सहित झण्डै सात सय प्रहरी परिचालन हुनेछन्। त्यसका लागि प्रहरीले सिसिटिभी कन्ट्रोल रुम समेत रंगशालामा राखिसकेको छ। प्रहरीको बम डिस्पोजल टोली समेत घटनास्थलमा स्ट्याण्डबाइ रहनेछ। दर्शकहरुलाई रंगशालामा प्रवेश गर्नुअघि मेटल डिटेक्टरले जाँच गरिनेछ। प्रहरीले शंकास्पद वस्तु चेकजाँचका लागि तालिमप्राप्त कुकुरको टोली समेत मैदानमा खटाउने जनाएको छ। मैदान क्षेत्रमा एम्बुलेन्स सहित प्रहरी टोली खटिनेछ।


खेलाडीहरुलाई होटल सोल्टीदेखि अगाडि र पछाडि दुवैतर्फ प्रहरी भ्यानले स्कर्टिङ गरेर मैदान पुर्‍याउनेछन्। 

 
खेल हेर्न आउने दर्शकलाई मध्य नजर गर्दै ट्राफिक व्यवस्थानमा समेत जोड दिइएको आयुक्त थापाले बताए। भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा हान्ने गाडी समेत मैदान नजिक तैनाथ गर्नेछ।




खेलाडीहरुलाई होटल सोल्टीदेखि अगाडि र पछाडि दुवैतर्फ प्रहरी भ्यानले स्कर्टिङ गरेर मैदान पुर्‍याउनेछन्। 

 
खेल हेर्न आउने दर्शकलाई मध्य नजर गर्दै ट्राफिक व्यवस्थानमा समेत जोड दिइएको आयुक्त थापाले बताए। भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा हान्ने गाडी समेत मैदान नजिक तैनाथ गर्नेछ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell