PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

फोटोमा हेर्नुस् यसरी भइरहेको छ नामिबियासँग भिड्न नेपालको तयारी



फोटोमा हेर्नुस् यसरी भइरहेको छ नामिबियासँग भिड्न नेपालको तयारी

  • पहिलोपोस्ट-
काठमाडौँ : वैशाख ४ र ६ गते कीर्तिपुरमा हुने नामिबियाविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ नेपाल। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यसअघि भएका दुई चरणका चारै खेलमा पराजय भोगेर नेपाल अङ्क तालिकामा सबैभन्दा पूछारमा छ।

नेपालले यसअघि दोश्रो चरणको पपुवा न्युगिनीसँगको खेलमा पराजय भोग्नुपरेको थियो। कीर्तिपुर मैदान तयार नहुँदा युएई पुगेर 'होमम्याच' मा  पपुवा न्युगिनीको सामना गरेको नेपाल पराजित भएको थियो। त्यस्तै पहिलो चरणमा स्कटल्याण्डसँगको खेलमा पनि नेपाल हार बेहोर्न बाध्य भएको थियो।

प्रतियोगितामा कायम रहन पनि नेपालमाथि नामिबियाविरुद्धको खेल जित्नै पर्ने दबाब छ। नेपाललाई यसपटक 'होम ग्राउण्ड' र होमक्राउडको फाइदा पनि हुनेछ।

त्यसो त कीर्तिपुर मैदान पूर्ण रुपमा तयार भइसकेको छैन तर पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मैदानको तयारी पूरा भएको भएपनि संरचना निर्माण सकिएको छैन। मैदानमा डिजिटल डिस्प्ले बोर्ड अझै राखिएको छैन। मैदान छेउमा अझै संरचना निर्माण भइरहेको छ।

 

नेपाली टोली तयारीमा व्यस्त

होम ग्राउण्डको फाइदा उठाउने सुर कसिरहेको नेपाली टोली मैदानमा तयारीमा व्यस्त छ। खेलाडीहरु दैनिक मैदानमा फिल्डिङ र ब्याटिङ प्राक्टिस गरिरहेका छन्। आइसीसीको आग्रहमा पुबुदु दासानायाके नेपाली टोलीको प्रशिक्षकको रुपमा एकपटक फेरि मैदानमा छन्। उनी खेलाडीहरुलाई मैदानमा अभ्यस्त बनाउन लागेका छन्।

यस्तो छ नेपाली टोली

कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, शरद भेषावकर, नरेश बुढायर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, राजेश पुलामी, सन्दिप लामिछाने, राजु रिजाल, सुसान भारीले स्थान बनाएका हुन्।


सन्दिप लामिछाने अण्डर १९ विश्वकपमा उत्कृष्ट बलिङ गरेपछि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन्। राजु रिजाल अण्डर १९ टोलीका कप्तान हुन् भने भारीले यसअघि अण्डर १९ टोलीबाट खेलिसकेका छन्। विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल भने वैकल्पिक खेलाडीको रुपमा चयन भएका छन्। 





























यस्तो छ मैदान
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell