PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

सडकमा हिँडेर मोदीले स्वीकारे अभिवादन



सडकमा हिँडेर मोदीले स्वीकारे अभिवादन

काठमाडौँ : दुई दिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौँ आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ बानेश्वरस्थित संविधान सभा भवन जाने क्रममा सडकमा हिँडेर स्वागतमा उपस्थित भिडको अभिवादन स्वीकार गरेका छन्। विशिष्ट अतिथिको यस्तो व्यवहारले उपस्थित समुदाय अचम्ममा परेका थिए। 



















मोदीले नयाँ बानेश्वरस्थित संविधान सभा भवन जाने क्रममा सडकमा हिँडेर स्वागतमा उपस्थित भिडको अभिवादन स्वीकार गरेका थिए। विशिष्ट अतिथिको यस्तो व्यवहारले उपस्थित समुदाय अचम्ममा परेका थिए। ​फोटो सौजन्यः भारतीय विदेश मन्त्रालय

त्यसैगरी सम्बोधन गरी फर्कने क्रममा पनि सिमसिम पानीको वास्ता नगरी पैदल जनसमुदायबीच उनी हिँडेका थिए।


​भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार बिहान काठमाडौँ उत्रिएका छन्। दुई दिने यात्राका क्रममा काठमाडौँ आउँदा उनलाई प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए। 

राष्ट्रिय धूनका साथ सम्मान गारद अर्पण गरिएपछि मोदीको सम्मानमा १९ तोपको सलामी दिइएको थियो। 







अन्तिमको तस्बिर सौजन्य भारतीय दूतावास

विमानस्थलबाट होटलतर्फ लाग्दै गर्दाको भिडियो 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell