PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मधेसी मोर्चा र जनजाति दलहरुले संयुक्त आन्दोलन गर्ने



मधेसी मोर्चा र जनजाति दलहरुले संयुक्त आन्दोलन गर्ने

  • पहिलोपोस्ट-
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आदिवासी जनजाति दलहरुले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन्।

आन्दोलनरत दलहरुको सबैको अजेन्डा समान भएकोले संयुक्त रुपमा आन्दोलन गर्ने सहमति भएको हो।

गठबन्धनमा आबद्ध दलका शीर्ष नेताबीच शनिबार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा भएको छलफलमा यस्तो सहमति बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।  

‘राज्यको विभेदकारी नीति विरुद्ध हिमाल, पहाड र मधेस लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ’, बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने। त्रुटिपूर्ण संविधान विरुद्ध संघर्षरत सबै पक्षको अजेन्डा र माग समान भएकोले संयुक्त रुपमा उठ्नुको विकल्प नभएको यादवले बताए।

अधिकार र पहिचानका लागि संघर्षरत मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउन तयारी तीब्र बनाएको छ।

गठबन्धनले बैशाख ६ गते काठमाडौंमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। 'संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता' विषयक अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ र बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell