PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कुमारी दर्शनदेखि गणेश र आकाश भैरवको पूजासम्म : हेर्नुस् फोटोमा देउवाको मन्दिर दौडाहा



कुमारी दर्शनदेखि गणेश र आकाश भैरवको पूजासम्म : हेर्नुस् फोटोमा देउवाको मन्दिर दौडाहा

  • इलिट जोशी/पहिलोपोस्ट -
काठमाडौँ : देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि शेरबहादुर देउवा विभिन्न मठ मन्दिर धाइरहेका छन्। 

यसै क्रममा उनी सोमबार काठमाडौँ दरबार स्क्वायरमा रहेका मन्दिरहरुमा पूजाआजामा व्यस्त भएका हुन्। 

सुरुमा उनी वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शनका लागि पुगे। देउवासँगै उनकी पत्नी आरजु देउवा पनि थिइन्। 







 


 
 

 

कुमारीपछि गणेश मन्दिरमा

त्यसपछि उनी लागे मरु गणेशस्थानमा कुमारीको दर्शनपछि देउवा दम्पति गजुर बिनाको मन्दिरको रुपमा चर्चित मरु गणेशस्थान पुगे। फलफूल, मिठाइ चढाएर पूजा गरे। यो मन्दिरमा स्थानीय बासिन्दा मनोकांक्षा पूरा होस् भनी भाकलसमेत गर्ने गर्छन्। 


 
 

देउवाकै लागि खोलियो तलेजु मन्दिर

वर्षमा एक दिनमात्र महानवमिका दिन खुल्ने तलेजु भवानीको मन्दिरको चारै ढोका आज देउवा दम्पतिकै लागि खुल्यो। भूकम्पले जीर्ण बनेको हनुमानढोका दरबारको बाटोबाट देउवाको टोली तलेजु मन्दिर चढेका थिए।  




तलेजु मन्दिर चढ्नुअघि पेटी खोले।  

जुत्ता फुकाले। 


हात धोए..।


पूर्व प्रधानमन्त्री भएका कारण उनीसँग सँधै सुरक्षाकर्मी हुने गर्छन्। मन्दिरमा पनि उनलाई सुरक्षाकर्मीको घेरा कायमै थियो। 

देउवा पत्नी आरजु तलेजुको सिँढीबाट झर्दै। 


मरु गणेशस्थानबाट देउवा दम्पतिले आकाश भैरवको पनि पूजा गरे। नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सुरु हुनुअघि पनि देउवालाई स्थानीय कार्यकर्ताहरुले आकाश भैरवको पूजा गर्न लगाएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell