PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

देउवा दम्पतिका लागि खोलियो वर्षमा एक दिनमात्र खोलिने तलेजु मन्दिरका चारैढोका



देउवा दम्पतिका लागि खोलियो वर्षमा एक दिनमात्र खोलिने तलेजु मन्दिरका चारैढोका

  • इलिट जोशी/पहिलोपोस्ट-
काठमाडौँ : काठमाडौँ दरबार स्क्वायरमा रहेको तलेजु मन्दिरको ढोका सर्वसाधारणका लागि वर्षको एक दिन महानवमिमा मात्र खोलिन्छ। सर्वसाधारण त्यो दिन लामो लाइन लाग्छन् र मन्दिरमा दर्शन गर्छन्।  

तर आज तलेजुका चारै ढोका खुला गरिएको थियो। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा दम्पतिका लागि यो व्यवस्था मिलाइदिएका थिए उनका स्थानीय कार्यकर्ताहरुले।

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनमा सभापति निर्वाचित भएलगत्तै विभिन्न सम्मान कार्यक्रममा भ्याइनभ्याइ छ देउवालाई। आज भने उनी वसन्तपुरमा 'धार्मिक भिजिट' मा बिजी भए। 


भूकम्पले जीर्ण बनेको हनुमानढोका दरबारको बाटोबाट तलेजु मन्दिर चढ्नुअघि उनले जीवित देवी कुमारीको पनि दर्शन गरेर आशीर्वाद लिए। त्यहाँ कांग्रेसका दुई गुटबीच कार्यक्रमको आयोजना कसले गरेको र कसले स्वागत गर्ने भन्नेबारे केही समय विवाद समेत भयो।


कुमारीको दर्शनपछि देउवा दम्पति गजुर बिनाको मन्दिरको रुपमा चर्चित मरु गणेशस्थान पुगे। फलफूल, मिठाइ चढाएर पूजा गरे। यो मन्दिरमा स्थानीयहरु मनोकांक्षा पूरा होस् भनी भाकलसमेत गर्ने गर्छन्। 


मरु गणेशस्थानबाट तलेजु हुँदै देउवा दम्पतिले आकाश भैरवको पनि पूजा गरे। नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सुरु हुनुअघि पनि देउवालाई स्थानीय कार्यकर्ताहरुले आकाश भैरवको पूजा गर्न लगाएका थिए। 
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell