PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

​'रअ'का एजेन्ट कता छन् : वीपी पुत्र आउँदैछन्' : कांग्रेस कार्यालयमा नाराबाजी



​'रअ'का एजेन्ट कता छन् : वीपी पुत्र आउँदैछन्' : कांग्रेस कार्यालयमा नाराबाजी

  • बिनोद ढकाल/सविन मिश्र/पहिलोपोस्ट-
काठमाडौँ : नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सकिए लगत्तै अनौठो नारा लाग्यो। कांग्रेसका संस्थापक वीपी कोइरालाका पुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भएको घोषणा भए लगत्तै उनका समर्थक उत्साहित भए। अनि नाराबाजीमा जुटे।

भिडले पार्टी कार्यालयमा नारा लगायो – 'रअ'का एजेन्ट कता छन्: वीपी पुत्र आउँदैछन्'

रअ भारतीय बाह्य गुप्तचरी निकाय हो। 

त्यस्तै शशांकका समर्थकहरुले अर्को नारा घन्काए – 'भ्रष्टाचारी कता छ ? वीपी पुत्र आउँदैछन्।'  

त्यस्तै पार्टी कार्यालयमा कोषाध्यक्षमा विजयी सीतादेवी यादवको पक्षमा समेत नारा लाग्यो।

'भष्टाचारी कता छन् : सहिद पत्नी आउँदैछन्'

यादवका पतिलाई २०५७ सालमा माओवादीले हत्या गरेको थियो। लगत्तै उनी राजनीतिमा होमिएकी थिइन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell