PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१० लाख पर्ने घडीले यसरी देखाइरहेको छ समय



१० लाख पर्ने घडीले यसरी देखाइरहेको छ समय

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : सार्क शिखर सम्मेलनका लागि काठमाडौँको माइतीघर मण्डलामा १० लाख रुपैयाँको खर्चमा 'क्लक टावर' राखियो।  होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठ र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठले घडी छोपिएको घुम्टो उघारी मंसिर १ गते संयुक्त रुपमा उद्घाटन पनि गरे।

घडी उद्‍घाटनको बेला

तर यो तामझाम १५ दिन पनि टिकेन। मंगलबार बिहान ११ बजे पहिलोपोस्टले क्यामेरा तेर्स्याउँदा पूर्वमा भर्खर ९ बजेर ५ मिनेट भएको थियो। पश्चिममा त झन् ७ बजेर १२ मिनेट मात्रै भएको रहेछ। उत्तरमा ११ बज्न अझै ३ मिनेट बाँकी थियो भने दक्षिण पट्टीको घडीले भर्खर पौने ११ बज्ने तयारी गरिरहेको थियो। 

जिपिएस सिन्क्रोनाइजेसन (स्याटेलाइटबाट समय निर्धारण गरेर) चल्ने भनिएको घडीमा किन देखियो त चार दिशामा चार समय? 

घडी राख्ने संस्था होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, चीसो मौसमका कारण यस्तो भएको हो। 'बिहान शित पसेकोले समस्या भएको हो, मर्मत भइरहेको छ,' उनले भने। 

१५ दिन नबित्दै मंसिर आधाउधी हुँदा शित पसेर चार ठाउँमा चार वटा समय देखाउने घडीले पुसमाघ कसरी कटाउला भन्ने प्रश्न उठ्छ। तर १ वर्षको ग्यारेन्टी र ५ वर्षसम्म मर्मत गरिदिने गरी भारतको चेन्नई क्लकसँग सम्झौता गरेकोले घडीले छिट्टै सही समय दिनेमा उनी ढुक्क देखिन्छन्।  

विश्वभर अग्लो संरचनामा क्लक टावर राख्ने प्रचलन भए पनि यहाँको टावर भने त्यति अग्लो छैन। यसअघि हानको स्वागत स्तम्भ रहेको संरचनामा दुई/तीन फिट उचाइ बढाएर घडी राखिएको हो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell