PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

​अम्बर गुरुङको उपचार खर्च सरकारले बेहोर्ने निर्णय



​अम्बर गुरुङको उपचार खर्च सरकारले बेहोर्ने निर्णय

काठमाडौँ : सरकारले वरिष्ठ संगीतकार अम्बर गुरुङको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रिय गानका सङ्गीतकार गुरुङ नसा र पाचन प्रणालीमा समस्याका कारण एक महिनादेखि भारतको नयाँदिल्ली नजिकैको मेदान्त अस्पतालमा उपचाररत छन्। 

पहिलोपोस्टले उनी उपचाररत अस्पतालमा पुगी स्थलगत रिपोर्टिङ गरेको थियो

यसैगरी उपचाररत नेपाली काँग्रेसका नेता नरहरि आचार्यको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ। नेता आचार्य गत माघ २८ गते मस्तिष्काघात भई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell