PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

​दरबारमार्गमा दुई किलो सुनसहित ज्वेलर्सका कामदार पक्राउ



​दरबारमार्गमा दुई किलो सुनसहित ज्वेलर्सका कामदार पक्राउ
फोटो : nowiknow.com

काठमाडौँ : दरबारमार्गमा २ किलो ढिक्के सुनसहित आरके ज्वेलर्सका कामदार सनी श्रेष्ठ पक्राउ परेका छन्।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सनी ज्वेलर्स पसल बाहिर पक्राउ परेका हुन्।
 
आरके ज्वेलर्सले खासा हुँदै अवैध सुन ल्याएको सूचनाको आधारमा खटिएको टोलीले आइबार बेलुका उनलाई पक्राउ गरेको हो।
 

अवैध सुनले वैधको बिक्री घटायो

पछिल्लो समय सुन तस्करी बढ्दा वैध सुन बिक्री घटिरहेको छ। बजारमा दैनिक ४० किलो सुनको माग भए छ। तर सरकारले वैध रुपमा बिक्री गर्ने सुन दैनिक १५ किलोसमेत बिक्न छाडेको छ।
 
तस्करीकै कारण यस्तो अवस्था आएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उपत्यकाका प्रहरी कार्यालयका प्रमुख र विमानस्थलका प्रमुखलाई बोलाएर सुन तस्करी नियन्त्रणमा लाग्न निर्देशन दिएका थिए।
 
महानिरीक्षकको आदेशपछि ४ किलो अवैध सुन फेला परिसकेको छ।
 
पछिल्लो समय स्थल मार्गभन्दा हवाई मार्गबाट सुन तस्करी हुने गरे पनि विमानस्थलमा तस्करीको सुन भने फेला परेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell