A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698730f62028a8.73200276): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698730f62028a8.73200276,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.698730f623f4c7.88256433): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.698730f623f4c7.88256433,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​प्रधानमन्त्रीको धरहरा मोडल : लिफ्टबाट चढ्न मिल्ने, जनताको पैसाले बनाउने
PahiloPost

Feb 7, 2026 | २५ माघ २०८२

​प्रधानमन्त्रीको धरहरा मोडल : लिफ्टबाट चढ्न मिल्ने, जनताको पैसाले बनाउने



​प्रधानमन्त्रीको धरहरा मोडल : लिफ्टबाट चढ्न मिल्ने, जनताको पैसाले बनाउने

  • विनोद ढकाल/पहिलोपोस्ट-
काठमाडौं : 'अबको धरहरा अहिलेको भन्दा अग्लो र फराकिलो हुनेछ। तीन तल्ला पार्किङ भएको लिफ्टसहितको नयाँ धरहरा बन्नेछ', वैशाख १२ को भूकम्पमा भत्किएको धरहराको भग्नावशेष नजिकै उभिएर प्रधानमन्त्री केपी ओलीले यस्तो उद्‍घोष गर्दा ताली परर बज्यो। 

उनले यसका लागि आफ्नो एक महिनाको तलब भोलि खाता खोलेर जम्मा गर्ने बताउँदै अरुलाई पनि आग्रह गर्दै भने, 'यस कामका लागि सरकार त लागिपर्ने नै छ, सबै राजनीतिक दल, व्यापारिक घराना, पेशा व्यवसायी र दाजुभाइ दिदी बहिनीलाई रकम जम्मा गर्न आग्रह गर्छु।'

ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्प कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक सम्पदाहरु विदेशी पैसाले नभई स्वदेशी सर्वसाधारणको लगानीमा बनाउन 'म बनाउँछु धरहरा' अभियान सुरु गरेका हुन्। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब बन्ने नयाँ धरहरामा वैशाख १२ र २९ गतेको भूकम्पमा परी ज्यान गुमाएका सबैको नाम राख्ने पनि बताए। 'धरहरालाई भूकम्पका कारण ज्यान गुमाएका सबै दिवंगतहरुको नाम राखेर स्मारक बनाउनुपर्छ' उनले भने 'अनि वैशाख १२ वा २९ गतेलाई स्मृति दिवसको रुपमा मनाउने र उहाँहरुप्रति श्रद्धासुमन दिनुपर्छ।'


यस्तो छ प्रधानमन्त्रीको धरहरा मोडल

अब निर्माण हुने धरहरा भूकम्पका कारण ढलेको धरहरा जस्तै हुने तर युगौंयुगसम्म टिक्ने बनाउने प्रधानमन्त्री ओलीले बताए। 'धरहरा देख्दा उस्तै हुन्छ तर त्यो भन्दा अलि अग्लो, फराकिलो र भुइँचालोले ढाल्न नसक्ने हुन्छ' उनले भने। प्रधानमन्त्रीका अनुसार धरहरामुनि तीन तलाको पार्किङस्थल हुनेछ। यसअघि रहेको धराहरा हेर्न आउँदा पार्किङको समस्या रहेको भन्दै उनले अब बन्ने धरहरा पार्किङसहितको हुने बताए।

धरहरामा लिफ्टबाट चल्न मिल्ने बनाइने पनि कार्यक्रममा जानकारी दिइयो। प्रधानमन्त्री ओलीले धरहरा निर्माणका लागि यो आफ्नो दृष्टिकोण रहेको भन्दै अरु उपयुक्त दृष्टिकोण भए सुझाव दिन आग्रह गरेका छन्।

सम्पदाहरु विदेशी पैसामा बनाउनुहुन्न

प्रधानमन्त्री ओलीले देशका ऐतिहासिक सम्पदाहरु विदेशी सहयोगमा बनाउन नहुने बताए। पुनर्निर्माणमा सहयोग गर्न धेरै विदेशीहरुले बचन दिनुभएको छ। तर कतिपय कुरा अरुको सहयोगमा बनाउनुहुँदैन उनले भने हाम्रा खासखास ठाउँहरु हामी आफैले बनाऔं।' ओलीले धरहरा सरकारी सम्पत्ति मात्र नभएकाले जनताको खर्चमा बनाउनुपर्ने बताए।

वि सं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले राजा रणबहादुर शाहकी रानी ललित त्रिपुरा सुन्दरीको नाममा २ सय ५० फिट अग्लो धरहरा निर्माण गराएको इतिहास छ। यो धरहरा १९९० सालको भूकम्पका कारण क्षति भयो। यसलाई पुनर्निर्माण गरी २ सय ३ फिट अग्लो बनाइएको थियो। त्यो धरहरा वैशाख १२ गतेको भूकम्पमा ढलेपछि नयाँ धरहरा निर्माणका लागि अभियान सुरु गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell