PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

तीन तल्ला पार्किङ भएको नयाँ धरहरा बनाउन प्रमले एक महिनाको तलब दिने



तीन तल्ला पार्किङ भएको नयाँ धरहरा बनाउन प्रमले एक महिनाको तलब दिने

काठमाडौँ : 'अबको धरहरा अहिलेको भन्दा अग्लो र फराकिलो हुनेछ। तीन तल्ला पार्किङ भएको लिफ्टसहितको नयाँ धरहरा बन्नेछ', वैशाख १२ को भूकम्पमा भत्किएको धरहराको भग्नावशेषनजिकै उभिएर प्रधानमन्त्री केपी ओलीले यस्तो उद्‍घोष गर्दा ताली परर बज्यो। 

उनले यसका लागि आफ्नो एक महिनाको तलब भोलि खाता खोलेर जम्मा गर्ने बताउँदै अरुलाई पनि आग्रह गर्दै भने, 'यस कामका लागि सरकार त लागिपर्ने नै छ, सबै राजनीतिक दल, व्यापारिक घराना, पेशा व्यवसायी र दाजुभाइ दिदी बहिनीलाई रकम जम्मा गर्न आग्रह गर्छु।'

धरोहर पुननिर्माण राष्ट्रिय संकल्प कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेशी पैसाले नभई स्वदेशी सर्वसाधारणको लगानीमा 'म बनाउँछु धरहरा' अभियान सुरु गरेका हुन्। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरामा मारिएकाको नाम राख्ने र वैशाख १२ वा २९ गतेलाई स्मृति दिवसका रुपमा मनाउने पनि बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell