PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​विद्यालयलाई साउदीका नेपालीको सहयोग



साउदी अरब : भूकम्पले क्षति पुर्‍याएको विद्यालयको पुनःनिर्माणका लागि साउदी अरबमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन्।
 
साउदीको अलखोबारस्थित रवाबी होल्डिङ कम्पनीमा कार्यरत नेपालीले गोर्खाका दुईवटा विद्यालयको पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेका हुन्। गोर्खाको मनकामना–९, सिलिङमा रहेको चण्डेश्वरी प्रावि र सोही स्थानमा रहेको मनकामना उच्चमाविको क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि ७२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको सो कम्पनीमा कार्यरत तेजबहादुर थापाले जानकारी दिए।
 
विप्रेषणमार्फत पठाइएको सहयोग रकम एक कार्यक्रमबीच कम्पनीका पूर्वकामदार गोर्खाका खोलमान श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गरेका छन्। गत वैशाख १२ मा गएको भूकम्पले दुईवटै विद्यालय भवन पूर्णरुपमा क्षति भएपछि त्यहाँ अध्ययनरत विद्यार्थी अस्थायी तहरामा बसेर पढ्न बाध्य छन्।
 
यसअघि, पनि उक्त कम्पनीमा कार्यरत नेपालीले क्षतिग्रस्त विद्यालयको भवन पुनःनिर्माणका लागि गैरआवासीय नेपाली सङ्घमार्फत् आठ लाख ३६ हजार ३९५ रूपैयाँ आर्थिक सहयोग गरेका थिए। क्षतिग्रस्त दुवै विद्यालयको पुनःनिर्माणमा सहयोग गर्न विद्यालयले सो कम्पनीमा कार्यरत नेपालीलाई पत्राचार गरेपछि रकम सङ्कलन गरेर आर्थिक सहयोग गरिएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell