PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

माघ २१ र २२ गते बस्ने मोर्चाको बैठकले आन्दोलन स्वरुपबारे निर्णय गर्छ : महन्थ ठाकुर



माघ २१ र २२ गते बस्ने मोर्चाको बैठकले आन्दोलन स्वरुपबारे निर्णय गर्छ : महन्थ ठाकुर

पर्सा : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले पुन: प्रमुख दलहरुबीच भएको वार्ताले राजनीतिक निकास दिने बताएका छन्।

सरकारको बोली र व्यवहारको कारण अवरुद्ध भएको दुईपक्षीय वार्ता अनौपचारिक रुपमा सुरु भएको र यसले विस्तारै औपचारिकता पाउँदै निकास निकाल्ने ठाकुरले बताए।
 
नेता ठाकुरले माघ २१ र २२ गते मोर्चाका शीर्षनेताहरुको वीरगन्जमा हुने बैठकले आन्दोलनको स्वरुप र अन्य दलहरुसँग सहकार्य गरी महागठबन्धन बनाउने विषयमा निर्णय गर्न सक्ने उल्लेख गरे। अवरुद्ध गरिएको वीरगन्ज नाका खोल्ने कि नखोल्ने भन्ने विषयमा मोर्चाको वीरगन्ज बैठकले निर्णयसमेत उनले बताए।

पत्रकारसम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै नेता ठाकुरले मोर्चाले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप आउने दिनमा परिवर्तन हुने स्पष्ट गरे।

संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ छिर्न अवरोध गर्ने मोर्चाले नीति बनाएपनि काँग्रेसको गाउँमा भइरहेको अधिवेशनलाई अवरोध पुर्‍याउने कुनै योजना नरहेको उनको भनाई थियो।

तमलोपाले आज वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सभासद्लाई अवरोध गर्ने क्रममा तराईका केही जिल्लामा काँग्रेसको गाउँ कमिटीको छनोट प्रभावित भएको भने स्वीकार गरे। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell