PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

१४ फोटोमा प्रधान सेनापति क्षेत्री भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्ष बन्दाका क्षण



१४ फोटोमा प्रधान सेनापति क्षेत्री भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्ष बन्दाका क्षण

नयाँ दिल्ली : भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई भारतको मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरेका छन्।


राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा क्षेत्रीलाई मानार्थ सेनाध्यक्षको पदवी प्रदान गरिएको हो। नेपाल र भारतका प्रधान सेनापतिले एकअर्काको देशमा मानार्थ सेनाध्यक्षको पदवी दिने प्रचलन छ।  
























भारत भ्रमणमा रहेका प्रधान सेनापति क्षेत्रीले हिजो भारतीय रक्षा मन्त्री मनोहर पारेकर र गृहमन्त्री राजनाथ सिंहसँग तथा भारतीय समकक्षी दिलबीर सिंहसँग छलफल गरेका थिए। 

प्रधान सेनापति भएपछि पहिलो विदेश भ्रमणमा निस्किएका क्षेत्री ६ दिन भारतमा रहनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell