PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

​जागिर लगाइदिने भन्दै घुस खाने गौरीमाया पक्राउ



काठमाडौं : कृषि अनुसन्धान परिषदमा प्राविधिक सहायक टी-४ तहमा कार्यरत गौरीमाया घिमिरे (रेग्मी)लाई प्रहरीले पक्रेको छ।

परिषदमा सहायक टी- ४ पदपूर्तिमा जागिर मिलाइदिन्छु भनेर पाँच जनासँग घुस लिएको विशेष अदालतले ठहर गरेपछि फरार रहेकी उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्रेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनलाई समातेको हो। विशेष अदालतले ६ महिना कैद र ३ लाख ९७ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो उनीविरुद्ध।

काठमाडौं मनमैजु ९ की उनलाई समातेपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतको कारागार कार्यालय, जगन्नाथदेवल पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell