भिडियोमा हेर्नुस् ती तीन गोल जसले २३ वर्षपछि नेपाललाई उपाधि दिलायो
22nd January 2016 | ८ माघ २०७२
पहिलोपोस्ट-
काठमाडौँ : नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न तीन गोल गरेको छ। दुई दशक लामो उपाधिविहीन यात्रालाई पूर्णविराम लगाउँदै बहराइन यु २३ लाई ३-० ले पराजित गर्दै नेपालले ५० हजार डलर राशीको प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको हो।
नेपालले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो। विमल घर्ती मगरको गोलले लिएको अग्रतालाई ८७ औँ मिनेटमा विशाल राईले दोब्बर पारे।
अघिल्लो खेलमा ह्याट्रिक गरेका नवयुग श्रेष्ठले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरी जित सुनिश्चित पारे।